ताजा अपडेट »

सत्यवतीमा मगर एकता दिवस, जातीय एकतामा जोड

शनिबार, १५ फागुन २०७७, १९ : ४४
4 Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा ३९ औं मगर एकता दिवस विविध साँस्कृतिक कार्यक्रमसहित मनाइएको छ । आदिवासी जनजाति समन्वय समिति तिनाउको आयोजनामा तिनाउ-५ सत्यवतीमा आयोजित कार्यक्रममा तिनाउका सबै वडाबाट मगर सँस्कृति झल्कने मारुनी, सालैजो लगायतका नाचहरु प्रस्तुत पएका थिए ।

तिनाउको ऐतिहासिक तथा धार्मिकस्थल सत्यवतीमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले मगर समुदायको विकास र उत्थानका लागि शैक्षिक स्तरमा वृद्धि गर्दै सामाजिक सचेतनालाई जोड दिइन् । अधिकांश मगर बस्ती रहेको तिनाउमा उनीहरुको व्यक्तिगत तथा सामाजिक विकासमा गाउँपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रम, कृषि कार्यक्रम, तथा शैक्षिक गतिविहरु सञ्चालन गर्ने गरेको बताइन् ।

मगर एकता दिवसमा आयोजित साँस्कृतिक कार्यक्रम नियाल्दै मगर परम्पराको पोसाकमा बालीका

यसैगरी गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठले मगर समुदायको विकासका लागि आपसी एकतालाई जोड दिए । यसैगरी वडा नम्बर १ अध्यक्ष रोमबहादुर लम्तरीले मगर समुदायको विकासका लागि पुराना सँस्कृतिहरुको संरक्षणका साथै परम्पराका रुपमा मानिदै आएका गलत आचरणहरुलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष प्रेम पाण्डे, वडा नम्बर ५ का अध्यक्ष दलबहादुर दर्लामी, आदिवासी जनजाति गाउँ समन्वय समितिका अध्यक्ष रेवन्त छहरी लगायतले बोलेका थिए ।

मगर दिवस कार्यक्रममा परम्परागत पोसाकमा सजिएर रोटीपकाउँदै महिला
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।