ताजा अपडेट »

उपाधिका लागि नेपाललाई १२२ रनको चुनौती

शनिबार, ०५ माघ २०७५, ०९ : ०४
4 Shares

माघ ५,

थाइल्याण्डमा जारी  टि–२० स्म्याश प्रतियोगिताको फाइनल खेलमा अहिले नेपाल र थाइल्याण्ड भिडिरहेको छ।

खेलमा थाइल्याण्डले नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि नाटाकान चान्थमले अविजित ६९ रनको अर्धशतकीय योगदान दिइन् ।

उनले ६७ बलमा चार चौका प्रहार गरेकी थिइन् । नारुमोल चाइवाई २७ रन जोडेर रनआउट भइन् । त्यसपछि क्रिजमा आएकी चान्डिया सुत्थिरुवाङले ११ बलमा १९ रन बनाएकी थिइन् । थाइल्याण्ड सामू नेपाली बलर निरिह देखिए । बलरले एक विकेट लिन सकेनन् भने रूविना क्षेत्रीले एक जनालाई रन आउट गराएकी थिइन् ।

समुह चरणमा नेपालले थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको थियाे भने मलेसियालाई ४ विकेटले, चीनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो। सेमिफाइनलमा नेपालले इन्डाेनेसियालाई पराजित गरेको थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।