१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ । काठमाडौँ शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल ९जीएसजीएस० प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम ९प्रफेसनल लर्निङ कोर्स पिएलसि० उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट शुरु हुनेछ । कामपाले सहभागी हुनेको नाम फागुन २० गतेभित्र पठाइसक्नु पर्नेछ ।

तालीम सञ्चालनका क्रममा थाइल्याण्डमा रहेको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ९एआइटी मा एक हप्ताको कक्षामा समेत सहभागी गराइनेछ । तालीम व्यवस्थापनका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयबाट एक जना र एआइटीबाट एक जना प्रतिनिधिसहित तीन जनाको समिति रहने छ ।

महानगरले व्यहोर्ने आर्थिक दायित्वअन्तर्गत पहिलो चरणमा सम्झौतापछि ६० प्रतिशत र तीन महिनाको प्रगति प्रतिवेदन प्राप्त भएपछि बाँकी ४० प्रतिशत रकम उपलब्ध गराउनेछ । यसरी तालीममा सहभागी भएकाले फोहर वर्गीकरण र व्यवस्थापनबारे विशेष कार्यक्रम सञ्चालन गरी सहयोग गर्ने छन् ।

शुक्रबार आयोजना गरिएको एक कार्यक्रममा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र विश्वविद्यालयका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङ डीन डा डम्बरबहादुर नेपालीले तालीम सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । शैक्षिक प्रतिष्ठानको ज्ञान र सीपको प्रयोग गरेर महानगरका कामलाई विशिष्टीकृत गर्ने क्रममा विश्वविद्यालयसँग सम्झौता भएको कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने ।

“काठमाडौँ महानगरसँगको सम्झौता विश्वविद्यालयका लागि महत्वपूर्ण कामको थालनी हो”, स्कूल अफ इञ्जिनीयरिङ डीन डा नेपालीले भने । पछिल्लो समय शहरको फोहर व्यवस्थापन गर्न थप समस्या हुन थालेको भन्दै कामपाले यस किसिमको प्रक्रिया अघि बढाएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड