१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

कपिलबस्तु । कपिलवस्तुका किसानले सरकारले तोकेको उखुको मूल्य पाउन थालेका छन् । स्थानीय गुड उद्योगलाई तोकिएको मूल्यभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यता खेपेका किसानलाई लुम्बिनी चिनी मिलले भने तोकिएको मूल्य दिएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–७ निविहवामा लुम्बिनी चिनी मिल सुनवल खरिद केन्द्र स्थापना गरी किसानको उखु खरिद गरेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

विगत लामो समयदेखि उखु खेती गर्दै आएका किसानको उखुले मूल्य नपाउँदा निराश बनेका र जिल्लाका विभिन्न गुड उद्योग तथा क्रसरहरूले उखुको मूल्य चिनी उद्योगलाई मात्र तोकेको भन्दै प्रति क्विन्टल रु ३०० मा खरिद गरिरहेका थिए । “लुम्बिनी चिनी मिलले यहाँका किसानलाई नगद रकम दिएर उखु लैजाने गरेको छ”, अध्यक्ष चौधरीले भने “यस वर्ष किसान मर्कामा पर्ने छैनन्, मैले किसान र चिनी मिलसँग सहकार्य गरेर उखु बिक्रीको व्यवस्था गरेको छु ।” उखु उत्पादन गरेर बिक्रीको लागि गुड उद्योगमा किसान पुगेर खरिद गर्न आग्रह गर्नुपर्ने बाध्यता हटेको उखु किसान उदयराज कुर्मीले बताए ।

जिल्लाकै ठूलो महालक्ष्मी सुगर लिमिटेडले उधारोमा किसानसँग उखु खरिद गर्दै आएको थियो । स्थानीय मिललाई उखु उधारोमै बेच्दै आएका किसान मिल यहाँबाट सर्लाही सरेपछि निराश भएका थिए । यद्यपी नवलपरासीको लुम्बिनी चिनी मिलले नगद खरिदमा गरिदिँदा किसान उखु खेती गर्न हौसिएका छन् । सरकारले दिने अनुदान मिलले किसानलाई शुरुमै दिएको किसानले बताएका छन् । मिलले उखुको मूल्य प्रति क्विन्टल रु ४३५ र सरकारको अनुदान रु ६५ गरी कूल जम्मा रु ५०० मा खरिद गरिरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन