ताजा अपडेट »

११२ सङ्क्रमित थपिए, ५४ कोरोनामुक्त

शुक्रबार, १४ फागुन २०७७, १६ : ५६
4 Shares

काठमाडौं। नेपालमा कोरोनाभाइरसका ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका ११२ सङ्क्रमितसहित नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा ५४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल ९३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म दुई हजार ७७१ जना सङ्क्रमितको मृत्यु भएको हो । हाल ९३६ जना आइसोलेशनमा छन् । ७१ जना क्वारेन्टिनमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।