ताजा अपडेट »

१२ बर्षिया कवयित्री जोशिका, उत्कृष्ट नभएको रेकर्ड नै छैन

शुक्रबार, १४ फागुन २०७७, १७ : ५०
4 Shares

भैरहवा । १२ बर्षिय जोशिका कंडेल “निशा” बालबोलीमा छन्दको कविता सही गति, यति र लयमा वाचन गर्दा जो कोही पनि छक्क पर्ने गरेको छ । आफ्नै रचनाहरु वाचन गर्दा कतिपय मै हुँ भन्ने कविलाई पनि उनि प्रति विश्वास गर्न गार्हो हुने गरेको छ ।

बालविकासलाई प्रभाव पार्ने दुई महत्वपूर्ण तत्वहरु बंशगत गुण र वातावरण हुन । बंशगत गुण भएर पनि उचित वातावरण नहुने हो भने विकास सम्भव हुँदैन। बालिका जोशिकामा यी दुवै तत्वहरु प्रचुर मात्रामा रहेको छ । अहिले १२ बर्ष पुगेकी जोशिका ४ बर्षको उमेर देखी नै हजुरबुवा ऋषिकेशव भारद्वाज संगै कविता गुनगुनाउन सिकेकी जोशिकाले अहिले सम्म ३ वटा कृति प्रकाशित गरि सकेकी छिन् । बाजेले कविता लेख्नु पर्दा गुन्गुनाएर लेख्ने गर्दथे तर त्यो कविता जोशिकाले बाजे भन्दा पहिल्यै याद हुने गरेको थियो । ४ बर्षको उमेर देखी सुरु भएको उनको यो यात्रा अहिले पनि निरन्तर चलि नै रहेको छ ।

बाबु दुर्गाराज कँडेल र आमा रिता भट्टराईको पहिलो सन्तान जोशिका कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउको हुन । जोशिकाले शास्त्रीय छन्दमा कविता लेख्ने गरेको बताउछिन् । उनले शास्त्रीय छन्द अन्र्तगतका शार्दुलपविक्रीडित, तोटक, स्रग्विणी र उपजाति जस्ता छन्दहरुमा कविता लेखेकी छिन । ९ बर्षको हुदा जोशिकाको पहिलो कृति “प्रेरणा” २०७६ सालमा प्रकाशित भएको थियो । दश, एघार वा बाह्र बर्षमा पहिलो कविता सिर्जना गर्ने थुप्रै बालकवि भए पनि ९ बर्षमै कविता सिर्जना गरेकी त्यो पनि शास्त्रीय वार्णीक छन्दमा जोशिका जस्तो कवि पाउन दुर्लभ रहेको साहित्यकारहरु बताउँछन्। यस्तै उनको २०७६ सालमा दोश्रो कृति कविता संग्रह “छन्दकोपिला” र २०७७ सालमा “छन्दमञ्जरी” नामको कविता संग्रह प्रकाशित भईसकेको छ ।

संस्कृतका काब्य साधाक समेत रहेका हजुरबुवा ऋषिकेशव भारद्वाज र ६ कक्षामा अध्ययनरत बिद्यालय चिल्ड्रन प्याराडाईज बोर्डिङ हाई स्कूलबाट बालकविता सिर्जना गर्न उनले उत्प्रेरणा पाएकी हुन । “जब म काव्य साधना गर्थे मैले गुन्गुनाउने क्रममा के पढ्नु भयो भनेर म भन्दा पहिले नै उनले कण्ठ गरे सुनाउथिन ।” जोशिकाका हजुरबुवा सम्झिन्छन् । उनले छन्दका करिब ५ सय सुत्रहरु याद गरेकी छन र करिब अढाई सय सुत्रहरुमा कलम चलाउने गरेको हजुरबुवा ऋषिकेशव भारद्वाज बताउछन् । उनि पूर्व मेची देखी पश्चिम महाकाली सम्म कविता वाचन गर्न गएकी छिन र जहा गए पनि उत्कृष्ट स्थान नलिईकन अहिले सम्म फर्केको रेकर्ड नभएको हजुरबुवाको भनाई छ । “कुनै पनि बिषय बस्तुमा दिएका शिर्षकमा त्यही कागज र कलम दिएर लेखेर, वाचन गरेर उत्कृष्ट नतिजा ल्याउने क्षमता भएकी नानी हुन ।” उनले भने

जोशिकाले अहिले सम्म १२ वटा भन्दा बढी राष्ट्रिय पुरस्कार पाईसकेकी छिन् । जोशिकाले आमा, हनुमान, कोरोना, एकनाम लगायतका नाममा कविता लेखेको बताउछिन् । कविकुलमा जन्म हुनु, बाल्यकालमै छन्दज्ञानको अवसर पाउनु र गुरुवर्गको उत्प्रेरणा आफ्नो लागी प्रेरण बनेको जोशिकाको भनाई छ । सानै देखी कविता सुन्ने लेख्ने अभ्यास गरेको कारण नै उनि यहा सम्म आई पुगेको बताउछिन । उनकै बाटोमा अहिले उनका भाई रिदेश कँडेल पनि लागेका छन् । बिद्यालयबाट आएर केही बेर खेले पछि दुवै काव्य साधानामा लाग्ने गरेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा