२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

नेपालगञ्ज । यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् । कोरोनाका कारण लगभग शून्यमा झरेका यहाँका होटलले पुरानै लयमा फर्किन लागेका हुन् ।

Advertisement

होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता यहाँ पाँचतारे, चारतारे र तीन तारेसहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटलले विशेषत: भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । “पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्”, उनले भने ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको यहाँका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै उनीहरुलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पुर्याइदिएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो । लकडाउन सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो । व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटल व्यवसायी सन्तोष गुप्ताले बताए ।


यहाँको होटल तथा पर्यटन व्यवसाय मूलत: भारतीय पर्यटकले धानेको छ । यहाँको होटल निकै स्तरीय छन् । लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् । अध्यक्ष कँडेलका अनुसार नेपालगञ्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करीब रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यहाँको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगञ्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगञ्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएको छ । यसैगरी नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगञ्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा