ताजा अपडेट »

अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच बालुवाटारमा एक घण्टा छलफल

शुक्रबार, १४ फागुन २०७७, १६ : १८
10 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले भेटवार्ता गरेका छन् । केही समयअघि सकिएको भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । उनिहरुबीच करिब एक घण्टा छलफल भएको उनले जानकारी दिए ।“हिजो विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए, आज अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गरे, छलफलमा पार्टी एकताको प्रस्ताव उनले दुवै अध्यक्षसँग राखेका छन्” स्वकीय सचिव टमटाले बताए। (गोरखापत्र अनलाइन)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।