ताजा अपडेट »

ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाए, भट्टराईलाई जिम्मेवारी

शुक्रबार, १४ फागुन २०७७, १५ : ४७

काठमाडौ । नेकपाको ओली पक्षले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ ।

शुक्रबार प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । नेकपाको ओली र प्रचण्ड माधव पक्षले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।