१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौँ। अङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत गराउन उपलब्ध गराएको हो । बस सेवाको आज शुभारम्भ गर्नुहुँदै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बस सेवापछि विद्यार्थीको उपचारका लागि नर्स पनि उपलब्ध गराइने बताए ।

सामुदायिक विद्यालय भए पनि गोकर्ण माविमा ६०० छात्रछात्रा अध्ययन गरिरहेको वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदास श्रेष्ठ, पूर्वप्रधानाध्यापक बटुराम भण्डारी, प्रधानाध्यापक सुस्मिता केसी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठलगायतले सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पठानले राखेका यी १० रेकर्ड सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति माया खोला हाइड्रोपावरकाे आईपीओ खुला श्रीधर र शान्तिको ‘कपालै कोरीमा’ सार्वजनिक एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य तिलोत्तमामा वासेबल प्याड बनाउने तालिम गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु, आज नै निर्णय आउने सम्भावना सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी लोकदोहोरी गायक भीम पौडेलको निधन जापानी मेयरलाई चिन्डो उपहार ग्याङ्स अफ वासेपुरलाई किन बिर्सन चाहन्छन् अनुराग अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला आजकाे हरियो तरकारी र फलफूलको मूल्य राष्ट्रपति चयनमा पनि कांग्रेस पराजित हुन्छ: एमाले प्रचार विभाग उपप्रमुख रिजाल मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु राष्ट्रिय सभाको बैठक बस्दै हट्यो होटल र रेस्टुरेन्टको सेवा शुल्क प्रेम अचार्यलाई श्रद्धाञ्जली दिँदै तोसिमाले भनिन् : मृत्युमाथि राजनीति नगरौं दाङको टरिगाउँ विमास्थलमा सिता एयरले आज परीक्षण उडान गर्दै