१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

फाइल तस्विर

कर्णाली। सुर्खेतस्थित विभिन्न नागरिक सङ्गठनले पाँच दिनदेखि आन्दोलनमा उत्रेका सीमान्तकृत वादी समुदायको माग पूरा अपिल गरेका छन् । मानवअधिकार र खाद्य सुरक्षाका क्षेत्रमा कार्यरत सङ्घ–सङ्गठनले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसेका ती समुदायका माग पूरा गर्न अपिल गरेका हुन् ।

Advertisement

खेतीयोग्य जमिनको माग गर्दै दैलेख, कालीकोट, जाजरकोटलगायत जिल्लाका वादी समुदाय यही फागुन १० गतेदखि आन्दोलित छन् । मानवअधिकार क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार रक्षक सञ्जाल, फियान नेपाल, मानवअधिकार यलायन्स, खाद्य अधिकार सञ्जाल, गैरसरकारी संस्था महासङ्घ, समाज जागरण केन्द्रलगायतले विज्ञप्तिमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । “खुला आकाशमुनि स–साना बालबालिकासहित अनिश्चितकालीन धर्नामा बसिरहेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “पुस्तौँदेखि पिछडिएको, आधारभूत आवश्यकताबाट वञ्चित वादी समुदायका मागप्रति ऐक्बद्धता जनाउँदै माग पूरा गर्न प्रदेश सरकारसँग अपिल गर्दछौँ ।”

नेपालको संविधानको मौलिक हकको धारा १६ मा बाँच्न पाउने हक, धारा १८ मा समानताको हक, धारा २० मा न्यायसम्बन्धी हक, धारा २४ मा छुवाछूत तथा जातीय विभेदविरुद्धको हक, धारा २९ मा शोषणविरुद्धको हक, धारा ३१ मा शिक्षाको हक, धारा ३६ मा खाद्य सुरक्षासम्बन्धी हक, धारा ३७ मा आवासको हकलगायतका हकअधिकारको प्रत्याभूति गरे पनि वर्षौंदेखि यस समुदायले आधारभूत अधिकारसमेत उपभोग गर्न नपाएको विज्ञप्तिमा उल्लेख छ । सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपाली र कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखारी कर्णालीवासीको परिकल्पना साकार पार्न सीमान्तकृत समुदायको हकअधिकार सुनिश्चिता नहुँदासम्म यो नारा सफल हुन नसक्ने नागरिक समाजको ठहर छ ।

वादी समुदायले जीविकोपार्जनको माध्यम केही नभएको जनाउँदै खेतीयोग्य जमिनको व्यवस्था मिलाउन प्रदेश सरकारसँग आग्रह गरेका छन् । स्थानीय तहका नीतिका कारण आफूहरुको परम्परागत पेशा सङ्कटमा परेको ती समुदायका गुनासो छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु