ताजा अपडेट »

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

शुक्रबार, १४ फागुन २०७७, १४ : ३५
6 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए । यही मंगलबार सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।