२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये झण्डै ९० प्रतिशत सङ्क्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार नयाँ देखिएका अधिकांश सङ्क्रमितहरु ती प्रदेशमा रहेकाले कुल सङ्क्रमितको सङ्ख्या पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् । देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो ।

पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको र मृत्यु भएकाहरुको सङ्ख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७३८ जना नयाँ सङ्क्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत सङ्क्रमित सात प्रदेशका रहेका छन् । भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९१४ जना सङ्क्रमित भएको र कुल एक लाख ५६ हजार ७०५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता