ताजा अपडेट »

आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्नेमा जोड

शुक्रबार, १४ फागुन २०७७, १२ : १०


काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा पुन:स्थापना भइसकेका सन्दर्भमा नयाँ सरकार निर्माणका लागि वर्तमान सरकारले बाटो खुला गर्नुपर्नेमा जोड दिएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा नेता श्रेष्ठल आफूहरुले नेपाल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहलाई ठोस धारणा बनाउनका लागि सुझाव दिएको पनि सुनाए । उनले भने, “तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ रु यो टुङ्गिएको छैन, नेकपाको आन्तरिक विभाजन छ, कानूनीरुपमा पूर्णता पाओस् ।” आगामी सरकारको गठबन्धन प्राकृतिक, अग्रगामी, समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्नेमा समेत उनले जोड दिए ।

रासस
लेखकको बारेमा
रासस