२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वोच्च अदालतले आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । उनले लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्ने बताए ।

Advertisement

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरमा आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ । अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन । म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु ।”

डा. यादवले अदालतको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेलाई खुशी दिएको बताउँदै उनले भने, “लोकतन्त्र, गणतन्त्र, सङ्घीयतामा विश्वास गर्ने, समावेशितामा विश्वास गर्ने खुशी भएका छन् ।”उनले संविधान जारी गर्दाको समयको स्मरण गर्दै भने, “मैले संविधान जारी गर्दा देशका सबै नागरिक खुशी होउन् भन्ने चाहेको थिएँ तर त्यतिबेला मधेशवादी दल छाडेर तत्कालीन नेकपा ९एमाले, कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो र त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरेँ ।”

त्यसबेला मधेशी दलले संविधानप्रति आपति जनाए पनि यही संविधानअनुसार भएको निर्वाचनमा मधेशी दललेसमेत सहभागिता जनाएर भाग लिएपछि आफूले ठिकै गरेको अनुभूति भएको डा यादवले बताए । उनले भने, “मधेशी दल पनि सरकारमा गयो । चुनाव भयो र अगाडि बढिरहेको छ ।”पूर्वराष्ट्रपति डा। यादवले भारतमा संविधान घोषणा हुन लाग्दा भीमराव अम्बेडकरले संविधान राम्रो र खराब नहुने तथा अगुवा ठिक रहे संविधान राम्रै बाटोबाट जाने भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै भारतको संविधान १२२ पटक संशोधन भएको र अमेरिकामा २२ पटक संशोधन भइसकेको उदाहरणसमेत दिए ।

पूर्वराष्ट्रपति डा। यादवले राजनीति दल विधि र प्रक्रियाअनुसार नलेको हुँदा चिरा परेकाले मुलुकमा समस्या आएको बताए । उनले आर्थिक अनुशासन कुनै पनि दलमा नभएको बताउँदै विधानअनुसार पार्टी नचले, नेता, कार्यकर्ताको आचरण ठिक नभए लोकतन्त्र खतरामा पर्ने बताए । डा यादवले भने, “अहिले सबै पार्टीको यही हालत छ । लोकतन्त्रका बारेमा पढ्नुस् । बुझ्नुस् र आफूलाई लोकतान्त्रिक आचरणमा ढाल्नुस् ।”डा यादवले नेपालको राजनीति दलमा आर्थिक अनुशासनसमेत नभएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता