१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

टीकापुर । कैलालीका किसानले तेस्रो बालीका रूपमा गर्दै आएको जडीबुटीका रूपमा प्रयोग हुने मेन्था खेती किसानको रोजाइ बन्न थालेको छ । धान बाली र तोरी बाली स्याहारेपछि खाली भएको जमिनमा कैलाली टीकापुर क्षेत्रका किसानले मेन्था खेती गरेर राम्रो आम्दानी लिने गरेका छन् । मेन्था खेतीबाट राम्रो आम्दानी हुनुका साथै अर्को बालीको उत्पादन बढाउन सहयोग पुग्ने भएकाले मेन्था खेती गर्ने किसान बढ्दै गएका छन् ।

Advertisement

गत वर्ष तोरी खेती भित्र्याएपछि खाली रहेको चार कठ्ठा जमिनमा मेन्था खेती गरेका किसान रमेश चौधरीले यस वर्ष १० कठ्ठामा खेती गर्ने तयारी थालेका छन् । “दुई बाली खेती भित्र्याएपछि खाली रहेको जमिनमा खेती गरेर राम्रो आम्दानी भयो । यो खेती गर्न अन्य बालीभन्दा सजिलो रहेछ”, रमेशले भने । रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने र अर्को बालीलाई फाइदा पुग्ने भएकाले मेन्था खेती विस्तार भइरहेको जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्बासेले बताए । “यो खेतीमा रोग लाग्दैन, यसमा कुनै किसिमको विषादी प्रयोग गर्न आवश्यक छैन”, बेल्बासे भन्छन्, “मेन्था खेती गाईवस्तुले पनि नोक्सान गर्दैनन् । यो खेती गरेपछि अर्को बालीका लागि मलको कामसमेत गर्छ । जडीबुटी खेती गरेमा फाइदा धेरै छन् ।”

गत वर्ष पनि यस क्षेत्रमा ३० हेक्टर जमिनमा मेन्था खेती भएको थियो । मेन्था खेतीका लागि अहिलेसम्म २६ हेक्टर जमिनका लागि १४३ किसानले साढे तीन टन मेन्थाको सकर लगिसकेको उनको भनाइ छ । “प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेका छन्”, बेल्बासे भन्छन्, “माघदेखि चैतको पहिलो सातासम्म रोप्न सकिने भएकाले दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ, यस वर्ष खेती बढ्ने अनुमान गरेका छौँ ।”

प्रतिकठ्ठा छ देखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसका लागि जडीबुटी कार्यालयले किसानलाई बिनालगानी सहुलियतरूपमा मेन्थाको सकर दिने गरेको छ । यसबाट सहजरूपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको उनले बताए ।

विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै आएकोे जडीबुटी प्रशोधन केन्द्र टीकापुरले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गरे मेन्था उत्पादन वृद्धि हुने किसानको भनाइ छ । “यसरी जडीबुटीमा लागेका किसानलाई स्थानीय सरकार र प्रशोधन केन्द्रले अनुदान, प्राविधिक सहयोग बढाउन आवश्यक छ”, किसान लक्ष्मी चौधरीले भने, “किसानलाई सघाउने कार्यक्रम भए धेरै लाभ लिन सकिन्छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड