ताजा अपडेट »

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

शुक्रबार, १४ फागुन २०७७, ११ : २८
4 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो ।

शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार बिहान थालाथलीस्थित नर्भिक अस्पताल लगिएको  जोशीको पारिवारिक स्रोतले जनाएको छ । जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकको भनाई छ । चाँडै शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।