ताजा अपडेट »

‘बी’ डिभिजन लिग : विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज यूनियन विजयी

शुक्रबार, १४ फागुन २०७७, ११ : २९
4 Shares

काठमाडौँ ।शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज यूनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहिबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गरे । उनलाई खेललाई २–० को अवस्थामा पुर्याए। यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा उनले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४-० गोल अन्तरले विजयी दिलाए ।

जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने लिगको नवौँ स्थानमा छ । लिगमा बिहिबार भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम ९आरसिटी०ले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

रासस
लेखकको बारेमा
रासस