२४ माघ २०७९, मंगलवार

Feb 7, 2023

बलेवा। फोहर थुपारेको ठाउँ सधैँका लागि काममा नआउने । कुहिने फोहर त माटोमा मिल्छ तर नकुहिने फोहरको डङ्गुरले सधैँ समस्या । फोहरको व्यवस्थापनमा देखिएका समस्या समाधान र उर्वर माटोलाई जोगाउने भन्दै बागलुङको गलकोट नगरपालिकाले फोहरलाई उपयोग गर्ने विधि थालेको छ ।

Advertisement

कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई पुनः प्रयोगका लागि नगरपालिकाले काम थालेको हो । गलकोटमा फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरेर नगरको फोहर व्यवस्थापन गरिने छ । नकुहिने फोहरका लागि नगरले ‘रिसाइकल’ मेसिन खरिद गरेको छ । विशेषगरेर प्लाष्टिकजन्य फोहरलाई पुनः प्रयोगका लागि योग्य बनाउन मेसिन राख्न थालिएको हो ।

नगरले खरिद गरेका पाँच रिसाइकल मेसिनको सफल परीक्षण भएपछि नगरले तत्काल फोहरको प्रशोधन थाल्ने नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा रु २२ लाख लगानी गरी रिसाइकल केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण गरेको थियो । चालु आवमा रु १० लाख खर्चेर पाँचवटा मेसिन खरिद गरी सञ्चालनको तयारी गरेको गैरेले बताए ।

“प्लाष्टिकजन्य फोहरले दीर्घकालीनरूपमा पार्ने असर कम गर्नु हाम्रो दायित्व हो”, गैरेले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि हुने खर्च फोहरबाटै आम्दानी हुने गरी काम थालेका छौँ ।” नगरपालिकाले मासिक रु २० हजार भाडा तिर्ने गरी वडा नं ९ मसुरबारीमा जग्गा भाडामा लिएर संरचना निर्माण गरेको छ । तत्काल बजार क्षेत्रबाट बढी मात्रामा निस्कने प्लाष्टिकजन्य फोहरलाई सङ्कलन गरी कच्चा सामग्री बनाउने गरी व्यवस्थापन गरिएको गैरेले बताए । नगरपालिकाले फोहर व्यवस्थापन गर्न विभिन्न ऐन तथा कार्यविधिसमेत निर्माण गरिसकेको गैरेको भनाइ छ ।

वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार चालु आवमा मेसिन खरिद, विद्युत् लाइन विस्तार तथा जडान गरी करिब रु १० लाख बराबरको काम भएको छ । उनले केही दिनमा फोहर सङ्कलन केन्द्रको औपचारिकरूपमा उद्घाटन गरी सञ्चालनमा ल्याइने जानकारी दिए । वडाभरिको फोहर सङ्कलनका लागि ट्र्याक्टरको व्यवस्था नगरले गरेको छ । फोहर उत्सर्जन गर्नेलाई ग्राहक कार्ड दिएर मासिक रु ५० देखि ४०० सम्म सेवाशुल्क लिन पाउने कानूूनी व्यवस्था नगरले गरेको छ ।

“रिसाइकल भएको प्लाष्टिक बेच्ने ठाउँको खोजी भइरहेको छ”, गैरेले भने, “तत्काल धेरै उत्पादन हुँदैन तर हामी १५ वर्षपछिसम्म सोचेर काम गरिरहेका छौँ ।” धवलागिरिमै पहिलोपटक फोहर रिसाइकल गर्ने प्रविधिलाई आत्मसात गर्न लागेको गलकोट नगरपालिकाले क्रमिकरूपमा प्लाष्टिकसँगै रबरलगायतका फोहरजन्य वस्तुलाई रिसाइकल गर्ने योजना बनाएको छ ।

नगरपालिकाले सफा तथा सुन्दर नगर निर्माण तथा फोहर सङ्कलन तथा प्रशोधन गरी फोहरलाई मोहरमा बदल्न गलकोट फोहर सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी सरकारी–निजी साझेदारीमा सञ्चालन गर्न लागेको हो । करिब रु ४० लाख लागतमा स्थानीयवासीलाई रोजगारी दिने तथा फोहर सामग्री प्रशोधन गरी आम्दानीको स्रोत बनाउने योजनाअनुसार सङ्कलन तथा प्रशोधन केन्द्र व्यवस्थापनको काम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित लुम्बिनीमा मोरारी वापूको कथा वाचन विवाद साम्य, चार बुँदे सहमतीसँगै वाचन शुरु अभिनेत्री निता ढुंगानाले सार्वजनिक गरिन् आफ्नो चलचित्रमा काम गर्ने भारतीय कलाकारको यस्ता तस्बिर बुटवल उपमहानगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि संयोजक र उप-समितिहरु गठन पूर्वसांसद कर्मा घलेको निधन ज्ञानगँगामा १६ वर्ष मुनिका अन्तर विद्यालय छात्र ब्याटमिन्टन मृत्युको आयु ! मणिमुकुन्द रनिङशिल्ड भलिबल : उद्घाटन खेलमा पर्वत र नवलपुर विजयी गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू भारतलाई हराउँदै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश शेरबहादुर देउवालाई विपक्षी दलको सुविधा नदिन माग गर्दै सर्वाेच्चमा रिट सेयर बजार ७६.६४ अंकले बढ्याे बिदा घटाउने तयारीमा सरकार तिलोत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा विज्ञान प्रदर्शनी टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन मुखमा सर्प हालेर ‘स्टन्डवाजी’ गर्ने साँप उद्धारकर्मीको मृत्यु नाबालिका बलात्कार आरोपमा वडाध्यक्ष राजन श्रेष्ठ पुर्पक्षको लागि कारागार चलान टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका काठमाडौंका मुख्य सडकमा बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता