१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाण्डौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।  

Advertisement

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।  

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो। अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए।  

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो। ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो। अनि जागिर छाडेर विदेश जाने निर्णय गरें।’  

उक्त म्यानपावरले ठकुरीसँग सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि थप दुई लाख रूपैयाँ बुझाउने सर्त राखेको थियो। ‘तीन लाख रूपैयाँ लिएपछि म्यानपावरले अफगानिस्तान जान भन्दै भारतको दिल्ली पुर्‍यायो,’ उनले भने, ‘एक सातासम्म दिल्लीमा राखेर फर्र्काएपछि बल्ल बदमासी गर्दैछ भन्ने आशंका लाग्यो।’ युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूलो रकम असुल गरिरहेकै बेला म्यानपावर सञ्चालक रामेश्वर सिंह वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे। उनी सोही ठगीसँग नभई वैदेशिक रोजगारीकै अन्य कसूरमा पक्राउ परेको विभागले जनाएको छ। सिंह पक्राउ परेपछि उक्त म्यानपावर नवीकरण नभएको विभागले जनाएको छ। ‘म्यानपावर नवीकरण नभएका कारण यतिखेर पीडितको रकम कसरी फिर्ता गराउने भन्ने समस्या देखिएको छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘उक्त म्यानपावरको नाममा रकम असुल गरिए पनि लिने व्यक्तिहरू अरू नै रहेछन्।’  

पीडितहरूका अनुसार उक्त म्यानपावरले २०७४ सालदेखि नै युवालाई ठगी गर्न थालेको थियो। सञ्चालक पक्राउ परेपछि २०७६ पछि म्यानपावर नवीकरण गरिएको छैन। दाहालले म्यानपावरको ३० लाख धरौटी भने रहेको बताए। ‘तीन करोड रूपैयाँ ठगीमा ३० लाख धरौटीले पुग्ने देखिँदैन,’ उनले भने।  

विभागका अधिकारीहरू उक्त म्यानपावरले गलत मनसाय राखी योजनाबद्ध तरिकाले युवालाई ठगेको बताउँछन्। ‘तीन करोड रूपैयाँ ठगी गरेपछि सञ्चालक जेलमा जानु र अर्कोतर्फ म्यानपावर नवीकरण नहुनुले सुरुदेखि नै ठगी गर्ने मनसाय राखेको देखिन्छ,’ विभागका एक अधिकृतले भने, ‘नियत नै खराब भएपछि सर्वसाधारणले दुःख पाउँछन् भन्ने पुष्टि यो घटनाबाट हुन्छ।’ ती अधिकारी म्यानपावर व्यवसायीले पेसा र व्यावसायिक आचारसंहिता पालना नगरेसम्म वैदेशिक रोजगारीका नाममा हुने ठगी कम नहुने बताउँछन्।  

वैदेशिक रोजगार ऐनले म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको प्रमाणित भए बिगोको डेढ गुणासम्म जरिवाना र कैद सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ। जरिवाना तिराउने रकम म्यानपावरले राखेको धरौटीबाट विभागले कटौती गर्नसक्छ।  

तर यतिखेर तीन करोड रूपैयाँ ठगेको भेरी ओभरसिज म्यानपावरको विभागमा ३० लाख रूपैयाँ मात्र धरौटी छ। २०७६ पछि भने म्यानपावरको धरौटी साढे एक करोड रूपैयाँदेखि ६ करोड रूपैयाँसम्म बनाइएको छ।  –नागरिक न्युजमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड