१६ माघ २०७९, सोमबार

Jan 30, 2023

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना जारी रहेको छ । जारी मतगणनामा अध्यक्ष पदका प्रत्यासी उज्जवल कसजु ५५ मतले अगाडि रहेका छन् ।

Advertisement

निर्वाचन समितिका सदस्य कविन्द्र नेपालले दिएको जानकारी अनुसार ४ सय मत गणना गरेर सकिँदा कसजुले २२२ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी हरी अर्यालले १६७ मत प्राप्त गरेका छन् । संघको २४ औं अधिवेशनमा आगामी नेतृत्वका लागि विहिबार भएको मतदानमा कुल १ हजार १७४ मत खसेको छ । मध्यरातीसम्म मत परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन समितिले मत गणनालाई जारी राखेको छ ।

यसअघि वरिष्ठ उपाध्य रहेका कसजु र वाणिज्य उपाध्यक्ष रहेका अर्याल बीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो । अध्यक्ष सहित सचिव, कोषाध्यक्ष तथा सदस्य पदको लागि निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्य भने निर्विरोध भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराई निर्विरोध भईसकेका छन् ।

यस्तै सचिव पदको लागि ३ जनाको लागि मतदान गरिएको छ । मुक्ती अधिकारी, बाबुराम बिक र सुर्य पराजुलीको बिचमा प्रतिष्प्रर्धा भएको हो भने संघको कोषाध्यक्ष पदका लागि नविन श्रेष्ठ र भेषराज गैरेकोलागि मतदान भएको हो ।

एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा पनि निर्विरोध भएका छन् । ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध भएका हुन् ।

खुल्ला तर्फको ७ सदस्य पदमा १३ जनाको उम्मेदवारी परेका कारण मतदान भएको थियो । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ ९कुलप्रसाद०, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको थियो ।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेसंगै महिला सदस्य पदको लागि पनि मतदान भएको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको बीचमा प्रतिस्प्रधा जारी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु