ताजा अपडेट »

वाणिज्य संघको निर्वाचन : मतगणना जारी, कसजु अगाडि

विहीबार, १३ फागुन २०७७, २१ : ५५
2 Shares

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना जारी रहेको छ । जारी मतगणनामा अध्यक्ष पदका प्रत्यासी उज्जवल कसजु अगाडि रहेका छन् ।

निर्वाचन समितिका सदस्य विक्रम खड्काले दिएको जानकारी अनुसार सय मत गणना गरेर सकिँदा कसजुले ५७ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी हरी अर्यालले ४२ मत प्राप्त गरेका छन् । संघको २४ औं अधिवेशनमा आगामी नेतृत्वका लागि विहिबार भएको मतदानमा कुल १ हजार १७४ मत खसेको छ । मध्यरातीसम्म मत परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन समितिले मत गणनालाई जारी राखेको छ ।

यसअघि वरिष्ठ उपाध्य रहेका कसजु र वाणिज्य उपाध्यक्ष रहेका अर्याल बीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो । अध्यक्ष सहित सचिव, कोषाध्यक्ष तथा सदस्य पदको लागि निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्य भने निर्विरोध भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराई निर्विरोध भईसकेका छन् ।

यस्तै सचिव पदको लागि ३ जनाको लागि मतदान गरिएको छ । मुक्ती अधिकारी, बाबुराम बिक र सुर्य पराजुलीको बिचमा प्रतिष्प्रर्धा भएको हो भने संघको कोषाध्यक्ष पदका लागि नविन श्रेष्ठ र भेषराज गैरेकोलागि मतदान भएको हो ।

एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा पनि निर्विरोध भएका छन् । ४ बाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध भएका हुन् ।

खुल्ला तर्फको ७ सदस्य पदमा १३ जनाको उम्मेदवारी परेका कारण मतदान भएको थियो । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको थियो ।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेसंगै महिला सदस्य पदको लागि पनि मतदान भएको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको बीचमा प्रतिस्प्रधा जारी छ ।

https://www.globalaawaj.com/archives/85168
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।