ताजा अपडेट »

१२ औं लियो कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबार

विहीबार, १३ फागुन २०७७, १७ : १३
6 Shares

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा कर्पोरेट हाउसहरु बिच १२ औं लियो कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबार भैरहवामा आयोजना हुदैछ । लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा हुने प्रतियोगितामा भैरहवाका १२ वटा बिभिन्न बैंकहरुले सहभागीत जनाउँदै छन् ।

कार्यक्रमबारे जानकारी दिन बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरि आयोजकले गत वर्षहरु झै कर्पोरेट हाउसहरु बीच आपसी भाईचारा स्थापित गर्दै सम्बन्ध मजबुद बनाउन प्रतियोगितालाई निरन्तरता दिएको बताए । क्लबका पूर्व अध्यक्ष अरुण पन्थीले सुपर सिक्स बिधिबाट खेलाईने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताए । उनले यस पटकको प्रतियोगिता रुपन्देहीकै लागी नयाँ भएको दावी गरे । सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा ४० हजार वाटको बिजुली जडान गरि रात्रीकालीन क्रिकेट खेलको आयोजना समेत गर्ने पन्थीले जानकारी दिए । ‘एक दिनमै प्रतियोगिता सम्पन्न गर्ने चाप रहेको हुदा यसलाई डे/नाईट प्रतियोगितको रुपमा खेलाईदै छ ।’ पन्थीले बताए ।

प्रतियोगितामा बिजेता तथा उप–बिजेता टिमलाई नगद पुरस्कारको साथै प्रत्येक मैचमा मैन अफ द मैच, मैन अफ द सिरिज, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेसट फिल्डर, अनुशासित टिमको रुपमा पुरस्कृत गरिने क्लबका पूर्व अध्यक्ष शार्दुल मयुर कसौधनले बताए । प्रतियोगितामा रुपन्देही क्रिकेट एसोसिएसनको प्राविधिक सहयोग रहने कसौधनले जानकारी दिए । लायन्स क्लब अफ भैरहवा लुम्बिनी मूख्य प्रायोजक रहेको प्रतियोगितामा नबिल बैंक, एनएमबी बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, महालक्ष्मी बिकास बैंक, शाईन रेसुङा बैंक, कृषि बिकास बैंक, मुक्तिनाथ विकास बैंक, तिनाउ मिशन बिकास बैंक र आईसिएफसी फाईनान्स टिमले सहभागीत जनाउने कार्यक्रम संयोजक सन्देश केसीले बताए ।

लियो क्लब अफ सिद्धार्थनगरको अध्यक्ष समिर पौडेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष गौतम गुप्ता, सुनिल सेन्चुरी लुम्बिनी प्रेस क्लबका निर्वतमान अध्यक्ष दिपेश पछाईले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव आयुष अधिकारीले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।