२१ माघ २०७९, शनिबार

Feb 4, 2023

झापा । दक्षिण जलथल क्षेत्रका रैथानी जङ्गली हात्ती नियन्त्रणका लागि बनाइएको सौर्य तारबारको मर्मतसम्भार नहुँदा हात्ती गाउँ पस्न थालेको स्थानीयवासीको गुनासो छ । प्राकृतिक संरक्षण कोष र सरकारको सहकार्यमा कचनकवल, हल्दिबारी, बाह्दशी र भद्रपुरको दक्षिण क्षेत्रसम्म ३७ किलोमिटरमा विद्युतीय तारबार जडान गरिएको तर तारबारको मर्मत सम्भार नहुँदा करेन्ट प्रवाह नै नभएका कारण हात्ती गाउँ पसेर दु:ख दिन थालेको स्थानीको गुनासो हो ।

Advertisement

भद्रपुर नगर वन महासङ्घका अध्यक्ष चन्द्र तामाङले तारबार गरिएको क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण नगरेको र कोष आफैँले समेत मर्मत सम्भारमा चासो नदिँदा समस्या भएको बताए । सौर्य ब्याट्री ‘ड्यामेज’ भएको, पोल ढलेका कारण करेन्ट प्रवाह नहुँदा हात्ती घेराबारा नै भत्काएर गाउँमा पस्न थालेको उनको भनाइ छ ।

‘‘काम चाहीँ गर्ने तर मर्मतसम्भार नगर्ने हो भने यस्ता तारबारको काम छैन”, उनले भने, ‘‘कि तत्काल समुदायलाई हस्तान्तरण गर्नुपर्याे कि कोष आफैँले मर्मतको काम गर्नुपर्याे ।” उनले जलथलका २२ वटै सामुदायिक वनको वरिपरि सौर्य घेराबार गर्ने भनिए पनि अझै विशाल सामुदायिक वनदेखि कालीमन्दिर सामुदायिक वनसम्मको करीब १० किलोमिटर भन्दा बढी स्थानमा काम नै शुरु नभएको गुनासो गरे ।

डिभिजन वन कार्यालय झापाका अधिकृत ओम भट्टराईले यस विषयमा कार्यालयले केही गर्न नसक्ने बताए । उनले भने, “प्राकृतिक संरक्षण कोष आफैँले काम गरिरहेको छ, हामीले त समन्वय गर्ने काम मात्र गर्छौँ । यसको मर्मतसम्भार गर्ने काम स्थानीय र कोषकै हो ।” प्राकृतिक संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सौर्य तारबार मर्मत सम्भारका काम चार दिन अघिदेखि भइरहेको बताए । उनले सामुदायिक वन र स्थानीयले अपनत्व नलिइएका कारण समस्या आएको बताए । तारबार गरिएका क्षेत्रमा सरसफाइ नभएको, रुख ढाल्दा तार कुच्चिएको र पोल लड्दासमेत कतिपय सामुदायिक वन र समुदायले चासो नदिएको गुनासो गरे ।

“सामुदायिक वनलाई लिखित नभए पनि मौखिक हस्तान्तरण भइसकेको छ”, उनले भने, “कसैले राम्रो हेरचाह र मर्मत सम्भार गरे छ कसैले बेवास्ता । सबैले ध्यान दिनुपर्छ र अपनत्व ग्रहण गर्नुपर्छ । अनि मात्र तारबार टिकाउ हुन्छ ।” उनका अनुसार प्रत्येक एक किलोमिटरको अन्तरमा १०० केभीको ब्याट्रीसहित सोलर प्यानल राखिएको छ । अधिकृत गौतमले बाँकी रहेका स्थानमा आर्थिक वर्ष २०७६र७७ मै विद्युतीय तारबार गर्ने भनिए पनि कोभिड–१९ का कारण गर्न नसकिएको बताए । तारबार नभएको क्षेत्रको सर्भेकार्य सकिएको जानकारी दिँदै उनले कोषले तत्काल बोलपत्रको प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै भने, “अब चाँडै काम शुरु हुन्छ ।” गत वर्षको पुसमै रु चार करोड ७४ लाखको लाखतमा सौर्य तारबारको कार्य सो क्षेत्रमा सम्पन्न भएको थियो । जसका कारण जङ्गली हात्तीको समस्याबाट मुक्त हुने स्थानीयवासीले अपेक्षा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै