१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवामा आगामी कार्यकलाको लागी अध्यक्षमा भीष्म प्रसाद न्यौपाने “सर्वज्ञ” निर्विरोध निर्वाचित भएको छन्। हिजो १२ गते भएको उम्मेदवारी दर्तामा अन्य कसैले पनि उम्मेदवारी नदिए पछि सर्वज्ञ अध्यक्ष हुने पक्का भएको हो । उनि संगै संघको सम्पूर्ण पदाधिकारी पदहरु सर्वसम्मतमै निर्वाचित भएको छ ।

Advertisement

यद्दपी यस बारे निर्वाचन समितिले अहिले नै औपचरिकता प्रदान गरि सकेको छैन । पदाधिकारी पद निर्विरोध भए पनि सदस्य पदको लागि धेरै आकांक्षी भएको हुँदा यसको टुंगोको लागि आगामी २२ गते संघको निर्वाचन हुने भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयन्का, उद्योग तर्फ उपाध्यक्षमा दिलिप कुमार कान्दु र बाणिज्य तर्फको उपाध्यक्षको लागी नेत्र प्रसाद आचार्यको एकल उम्मेदवारी दर्ता भएको छ ।

यस्तै महासचिव पदको लागिविजय पाण्डे कोषाध्यक्ष गोविन्द प्रसाद उपाध्याय ज्ञवाली र सचिवमा दिपेन्द्र प्रधानको एकल उम्मेदवारी परे पछि संघको पदाधिकारी पद सबै निर्विरोध भएको हो । यसको साथै बाणिज्य तर्फ महिला उम्मेदवार यमकला न्यौपाने, कर्पोरेट सदस्यमा रोहित कुमार अग्रवाल र विकास कुमार गोयन्का तथा बस्तुगत सदस्यमा कृष्ण प्रसाद शर्मा पनि निर्विरोध चयन भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघको संशोधित बिधान बमोजिम अहिले ३२ जनाको कार्य समिति रहेको छ ।

अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष, कर्पोरेट उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष १/१ जना, महासचिव १, कोषाध्यक्ष १, सचिव १ जना गरि ७ जना पदाधिकारी रहने संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले जानकारी दिए । यस्तै बाणिज्य तथा ब्यपार क्षेत्रबाट एक जना महिला सहित ११ जना सदस्य, उद्योग क्षेत्रबाट एक जना महिला गरि ६ जना सदस्य, कर्पोरेट क्षेत्रबाट २ जना सदस्य र बस्तुगत समूहबाट १ जना गरि २८ जना निर्वाचनको माध्यमबाट आउने । ३ जना निर्वाचित कार्यसमितिले मनोनयन गर्ने र १ जना निर्वतमान अध्यक्ष पदेन सदस्य गरि जम्मा ३२ जनाको कार्यसमिति चयन हुने उनले बताए ।

संघको पदाधिकारी निर्विरोध चयन भए पनि सदस्यका आकांक्षी धेरै भएकोले आगामी सदस्यको पदको लागी मात्रै २२ गते निर्वाचन हुने भएको छ । संघको खुल्ला सदस्यमा अर्जुन कार्की, गंगा सागर अग्रहरी, रामवचन गुप्ता, कमल प्रसाद मरासीनी, प्रमोल रिजाल, बिशाल जयसवाल, धर्मविर शर्मा, संजय कुमार बेरिवाल, प्रितम रौनियार, संचित खन्ना र अभिनव मयुर कसौधनले उम्मेदवारी दिएका छन् । यस्तै बाणिज्य खुल्ला सदस्यमा धर्मराज आचार्य, त्रिलोकी प्रसाद गुप्ता, कृष्ण प्रसाद अधिकारी, गोपाल भण्डारी, हरिश सेठिया, दिनेशमान अमात्य, गौरव श्रेष्ठ र जवाहिर अग्रहरी भिड्दै छन् । उद्योग महिला सदस्यमा बिष्णुमाया शर्मा पौडेल, हेमा बेल्वासे केसी, पल्लवी न्यौपाने र मिना पन्थीले पनि आफ्नो उम्मेदवारी दिएका छन्।

यस्तै उद्योग खुल्ला सदस्य तर्फ भुवन कुमार कान्दु, रामचन्द्र उपाध्याय, रमेश घिमिरे, हरि थापा, ओम जैसी, रचना क्षेत्री, उमाशंकर मिश्र, सुरेन्द्र उपाध्याय पौडेल, मंगल भण्डारी, पुरुषोत्तम लम्साल र सन्दिप पौडेलले उम्मेदावारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिए । यसपटकको मतदानमा मतदाताले अनिवार्य रुपमा खुल्ला वाणिज्य तर्फ १० जनालाई र खुल्ला उद्योग तर्फ ५ जनालाई मत दिइने प्रावधान ल्याएको छ । संघमा १ सय ४७ जा एसोसिएट, बस्तुगत ७ र साधारण सदस्य १ हजार ७ सय ९२ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग