ताजा अपडेट »

पश्चिम नवलपरासीबाट १३ बर्ष मुनीका १९ खेलाडिहरु छनौट

विहीबार, १३ फागुन २०७७, १३ : ०३
8 Shares

नवलपरासी । जिल्ला फुटवल संघ पश्चिम नवलपरासीले १३ बर्ष मुनीको खेलाडी छनौट फुटबल प्रतियोगीता सम्पन्न गरेको छ । जिल्लाको सुनवल ३ कृर्तिपुर, बर्दघाट २ चिसापानी र सरावल १ गरि तिन ठाँउबाट १३ बर्ष मुनिका खेलाडिहरु छनौट गरि प्रदेश छनौटमा पठाएको जिल्ला फुटवल संघ नवलपरासीले जनाएको छ ।

छनौट खेलमा भाग लिएका ३ सय खेलाडिहरु मध्यबाट १९ जनालाई छनौट गरिएको जिल्ला फुटबल संघ पश्चिम नवलरासीका प्रशिक्षक जित बहादुर पुनले जानकारी दिए । छनौट भएका खेलाडिहरु प्रदेश छनौटमा भाग लिने छन् भने प्रदेशबाट छनौट भएका केन्द्रमा र केन्द्रमा छनौट भएकाहरु ‘ए’ लेबलका आर्मि, पुलिस, सशस्त्र लगाएत क्लवहरुको एकेडमिबाट आफ्नो खेल यात्रालाई अगाडि बढाउने छन् । छनौट भएका अधिकांश १३ बर्ष मुनिका खेलाडिहरु एकेडमिमा पुग्ने प्रवल सम्भावन रहेको छनौट कमिटि संयोजक तथा जिल्ला फुटवल संघ नवलपरासीका कोषाध्यक्ष जितेन्द्र कुमार चौधरीको विश्वास रहेको छ । नवलपरासीलाइ फुटवलको हवका रुपमा विकास गर्नका लागी आफुहरु योजना वद्ध तरिकाले अगाडि बढेको जिल्ला फुटबल संघनवलपरासीका अध्यक्ष धन प्रसाद गुरुङले बताए।

कोरोना महामारीका बिच पनि जिल्ला फुटवल संघले खेलाडिहरुको मनोवल उच्च राख्न खेलाडिहरुको लागी रहात लागाएत विविध कार्यक्रमहरु संचालन गर्दै आएको र आगामि दिनमा फुटबल खेल र खेलाडिहरुलाई थप हौसला, आत्मविश्वासका साथ प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ जिल्ला फुटवल संघ लागी परेको अध्यक्ष गुरुङको भनाई छ । फुटवलको उर्वर भुमि मानिएको पश्चिम नवलपरासीबाट विमल घर्ति मगर लागाएतका फुटवलरहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेल खेलिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।