ताजा अपडेट »

उद्यम व्यवसायको प्रवद्र्धन गर्न आफन्त डटकम

विहीबार, १३ फागुन २०७७, १२ : ४६
8 Shares

काठमाडौँ। नेपाली समुदायले देशभित्रै वा देश बाहिर सञ्चालन गरिरहेका उद्यम र व्यवसायको स्तरोन्नति गर्ने उद्देश्यले आफन्त डटकम नामक अनलाइन नेटवर्क सार्वजनिक गरिएको छ ।मुलुकभित्र र बाहिर रहेका नेपालीमा उद्यमशीलताको भवना विकास गराउँदै उपलब्ध आर्थिक अवसरलाई चिन्ने थलो बनाउने लक्ष्यसहित शुरु गरिएको सो अनलाइन नेटवर्कको बुधबार सार्वजनिक गरिएको हो ।

‘उठाऔँ नेपाल’ भन्ने मूल नारासहित शुरु गरिएको नेटवर्कमार्फत प्रविधि, व्यवस्थापकीय, वित्तिय र बजार पहुच बढाउने सन्दर्भमा अन्तक्र्रिया गर्ने, सूचना लिने र साझेदार खोज्न सकिने जनाइएको छ। उद्यम व्यवसायको प्रवद्र्धन गर्न आफन्त डटकम सो नेटवर्क सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालले आफन्त डटकमले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को परिकल्पनालाई सहयोग पुग्ने अपेक्षा गरे । नेटवर्कका कार्यकारी अध्यक्ष श्यामप्रसाद गिरीले नेटवर्कमार्फत नेपाली उत्पादनको आन्तरिक र बाह्य बजारमा पहुँच बढाउन इन्टरनेट प्रविधि प्रयोग गर्दै व्यापारीकरणमा सहयोग पुग्ने बताए।

रासस
लेखकको बारेमा
रासस