ताजा अपडेट »

मानपकडीमा मगर एकता दिवसको अवसरमा रमाइलो मेला

विहीबार, १३ फागुन २०७७, १० : २६
2 Shares

बुटवल । ३९ औं मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ सुद्धोधन गाउँपालिकाले आजदेखि रमाइलो मेला-२०७७ मो आयोजना गरेको छन । मगर सँस्कृतिको जगेर्ना तथा पहिचानका लागि संघले ३ दिने मेला आयोजना गरेको हो ।

शुद्धोधन-५ मानपकडीमा, दर्बहवामा आयोजना भएको मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनुका साथै, मगर सँस्कृतिका खानाका परिकार तथा बाल उद्यानहरु रहेको संघका अध्यक्ष हेमन थापाले जानकारी दिए ।

मेलामा राष्ट्रिय कलाकारहरु रमेशराज भट्टराई, राज कुस्मी, रुपा घर्तीमगर, अञ्जु कुस्मी (फुलकुमारी), लालुमाया थापा मगर, विक्रम थापा मगर, सरगम चौधरी, दिपक गरौजा मगर, दिपक दर्लामी, पुष्पा रानामगर, डान्सर सगुन थापा तथा विष्णु सिंजाली मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ । मेला शनिबारसम्म सञ्चालन हुने भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।