ताजा अपडेट »

'मुलुकलाई अन्यौलतामा राखेर प्रधानमन्त्रीको राजीनामा आउँदैन'

बुधबार, १२ फागुन २०७७, १४ : ३४
4 Shares

बुटवल । नेपाल कम्युनष्टि पार्टी (नेकपा) ले केन्द्रिय कमिटिका बैठक आह्वान गर्ने भएको छ । आज बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पार्टीको केन्द्रिय कमिटि बैठक आह्वान गर्नुका साथै निर्धारित समयमै संसदीय दलको बैठक बोलाउने जानकारी गराए ।

गत पौष ५ गते प्रधानमन्त्री केशी शर्मा ओलीले संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरेपछि बसेको स्थायी कमिटि बैठकले देशभर भएका शक्ति प्रदर्शनका कार्यक्रमहरुलाई समेत परिमार्जित गरेर लैजाने निर्णय गरेको छ । यसैगरी सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन गरेको आह्वान अनुसारनै निर्धारित समयभित्र संसद अधिवेशन सुरु हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले मुलुकलाई अन्यौलतामा लैजानेगरी प्रधानमन्त्रीको राजीनामा नआउँने स्पष्ट पारेका छन् । नेकपा (दाहाल-नेपाल) समुहले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै विजयी जुलुससहित प्रधानमन्त्रीको राजीनामा मागहरु उठिरहेका बेला यस्तो प्रतिक्रिया आएको हो । बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चरकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ज्ञवालीले भने ‘प्रधानमन्त्रीले मुलुकलाई अन्यौलतामा राखेर राजीनामा दिनुहुन्न । राजीनामाको विषयमा त्यस्तो खास निर्णय भइसकेको छैन ।’ राजीनामा बारे पार्टी भित्रको छलफल तथा अन्य दलहरुसँगको छलफलपछि निर्णय गर्न सकिने उनले प्रतिक्रिया दिए ।

https://www.globalaawaj.com/archives/84757
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।