ताजा अपडेट »

राजवंशीका गुनासा

बुधबार, १२ फागुन २०७७, १४ : ०६
10 Shares

विराटनगर । विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीका परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन् ।

लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई वडाध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की समेतले सो घर खाली गर्न बारम्बार धम्काएको आरोप राजवंशीले लगाएका छन् । पुस्तौँदेखि सो ठाउँमा बसेर मजदूरी गर्दै आएका कालीचरण राजवंशीले आफूसँग ऐलानी जग्गा र घर बाहेक अन्य कुनै सम्पति नरहेको बताए । उनले परिवारलाई लिएर कहाँ जानु भन्दै दुःख व्यक्त गरे ।

रासस
लेखकको बारेमा
रासस