ताजा अपडेट »

बुटवलमा नेकपा (दाहाल-नेपाल) समुहको विजयी र्याली

बुधबार, १२ फागुन २०७७, १४ : १२
2 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहा–नेपाल समुहले बुटवलमा विजयी र्याली निकालेको छ । सर्वाेच्च आदालले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको बुटवलको राजमार्ग चौराहदेखि सुरु भएको र्याली नगर परिक्रमा गर्दै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरुले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । प्रधानमन्त्री केशी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभाको विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर गरिएको थियो । सर्वोच्चको संवैधानिक इजलासले सो निर्णयलाई बदर गर्दै मँगलर संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको हो । संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चले आह्वान गरेको छ ।

सर्वोच्चको फैसलासँगै विभाजित भएका नेकपा ओली समुह र दाहाल–नेपाल समुह आन्तरिक छलफल तथा भेटघाटमा जुटेका छन् । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आन्तिरिक छलफललाई तीब्रता दिएको छ । राजनीतिक दलहरु सर्वोच्चको फैसलासँगै पार्टी भित्र तथा विभिन्न दलका नेताहरु बीचको छलफललाई बढाएका छन् ।

https://www.globalaawaj.com/archives/84560
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।