ताजा अपडेट »

राससकर्मी बराललाई टिभिइटी मिडिया अवार्ड

बुधबार, १२ फागुन २०७७, १३ : २९
6 Shares

काठमाण्डौं । राससकर्मी गोपालप्रसाद बराल प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा प्रदान गरिने ‘टिभीइटी मिडिया अवार्ड’बाट सम्मानित भएका छन् । परिषदले आज आयोजना गरेको समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले बरालका प्रतिनिधि लक्ष्मी पोखरेललाई सो अवार्ड प्रदान गरे । पोखरेललाई प्रमाणपत्र र रु ४० हजार पुरस्कार प्रदान गरिएको हो ।

राससकर्मी बरालले गत साउन महिनामा राससमा लेखेको ‘प्राविधिक शिक्षाको केन्द्र बन्दै बर्दिबास’ शीर्षकको आलेख समाचारलाई यो अवार्ड प्रदान गरिएको हो । परिषद्ले प्राविधिक शिक्षाका प्रवद्र्धनमा समाचारका माध्यमले दिएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस