ताजा अपडेट »

सुरु भयो दोस्रो तिलोत्तमा रनिङ शिल्ड छनोट प्रतियोगिता

बुधबार, १२ फागुन २०७७, १३ : ०२
6 Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा दोस्रो तिलोत्तमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले ब्यानरसहितको बेलुन उडाएर उद्घाटन गरे ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, सबैका लागि खेलकूद’–भन्ने मूल नारासहित जारीप्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई स्वच्छ र स्वस्थ प्रतिपर्धाका लागि आग्रह गरे । तिलोत्तमा नगरको वार्षिक कार्यतालिका अनुसार आयोजना गरिएको प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । तिलोत्तमा नगरको आयोजना तथा नगर खेलकूद विकास समितिको संयोजनमा प्रतियोगिता भएको हो । तिलोत्तमा–४ मा अवस्थित स्थानीय जनज्योति युवा क्लबको खेल मैदानमा जारी प्रतियोगितामा नगरका ३१ वटा विद्यालयहरुले १७ विधाका लागि प्रस्तिपर्धा गर्दै छन् ।

प्रतियोगिता अन्तरगत पहिलो दिन १५ सय मिटर दौड, छात्रा तथा छात्रा भलिबल, तेक्वान्दो, सटपुट, कबड्डी लगायतका इभेन्टहरुमा प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा विभिन्न विधागत प्रतिस्पर्धामा पहिलो हुने प्रतियोगिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुने छन् ।

https://www.globalaawaj.com/archives/84153
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।