April 13, 2021, Tuesday
२०७८ बैशाख १, बुधबार

ब्राजिलमा कोभिड विरूद्धको खोप सर्वसाधारणका लागि खुला

570

फाईल तसबीर

ब्रासिलिया । कोभिड–१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, “खोपको अनुगमनकारी संस्थाहरूको १७ दिन लामो समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्के पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।”

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

पछिल्लो अपडेट