ताजा अपडेट »

डलरसहित बेलायती पक्राउ

बुधबार, १२ फागुन २०७७, १२ : ३७
32 Shares

काठमाडौँ। लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौँ चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई फकाइ प्रलोभनमा पारी श्रीलङ्का पुरयाउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । चौधरीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस