२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

फाइल तस्विर

चितवन। प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको छ ।

Advertisement

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागिएको हो । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उनले बताए । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिँदै छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेको भन्दै उनले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जानकारी दिए ।

यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधिसमेत खुवाइने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ । ती नमूना काठमाडौँ पठाइने उनले बताए । चालु आर्थिक वर्षको हालसम्म निकुञ्जमा पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेका हुन् ।

पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टालाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । हाल निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । छ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यहीँ काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।

त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत भरतपुरमा रेनु भन्दा विजय ४३ मतले अगाडि धनगढीमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा