ताजा अपडेट »

‘बी’ डिभिजन लिग फुटबल : खुमलटार विजयी

बुधबार, १२ फागुन २०७७, १२ : ०४
4 Shares

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका आज भएको दोस्रो खेलमा युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस् क्लबलाई ५–२ गेलअन्तरले पराजित गरेको हुन् । खुमलटारका लागि महेश राईले दुई तथा सविन केसी, आयुष घलान र मनिष सेढार्इंले एक एक गोल गरेका हुन्।

खेलको २९औँ मिनेटमा खुमलटारका लागि राईले पहिलो गोल गरेका हुन् । यस्तै खेलको ५२औँ मिनेटमा केसीले पेनाल्टीमार्फत दोस्रो गोल गरैका हुन् । खेलको ५८औँ मिनेटमा खुमलटारका लागि घलानले तेस्रो गोल गरे । खेलको ६३ औँ मिनेटमा खुमलटारका लागि राईले चौथो तथा ६५औँ मिनेटमा सेढाँईले पाँचौँ गोल गरेका थिए ।

यसैगरी पुल्चोकका लागि मीनबहादुर गुरुङले खेलको ४०औँ मिनेटमा तथा किश्मत लिम्बूले खेलको ४९औँ मिनेटमा गोल गरेका थिए। जितसँगै खुमलटारले हालसम्म छ खेलबाट १६ अङ्क तथा पुल्चोकले छ खेलबाट एक अङ्क मात्र जोडेको छ । कोरोना भाइरसको महामारीको कारण ‘बी’ डिभिजन लिग गत चैत ५ गते स्थगित भएको थियो । उक्त लिग पुनः मंगलबार देखि शुरु भएको हो। लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष टोली ए डिभिजनमा बढुवा हुनेछ भने पुछारको टोली सी डिभिजनमा घटुवा हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।