ताजा अपडेट »

फैसला स्वागतयोग्य : सभापति देउवा

बुधबार, १२ फागुन २०७७, ११ : १४
6 Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन् ।उनले विज्ञप्तिमार्फत कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गरेका हुन् ।

कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएकोसमेत सभापति देउवाले स्पष्ट पारेका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन् ।

रासस
लेखकको बारेमा
रासस