ताजा अपडेट »

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

बुधबार, १२ फागुन २०७७, १० : ५१
2 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान भएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।
प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णयबारेमा छलफल हुने नेता मण्डलले जानकारी दिए ।

नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्चको फैसलाको स्वागत गर्दै आज बुधबार देशभर विजय जुलुश निकाल्ने तयारी गरिरहेका बेला नेकपाको स्थायी कमिटी बैठक बस्न लागेको छ । बैठकले महत्वपूर्ण निर्णय गर्दै पार्टीले आगामी दिनमा चाल्नुपर्ने सुझबुझपूर्ण कदमबारे छलफल भई आवश्यक निर्णय लिइने नेता मण्डलले जानकारी दिए । यसअघि मंगलबार नै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिने र संसदमा सामना गरेरै फैसलाको कार्यान्वयन गर्ने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।