ताजा अपडेट »

व्यूँतियो प्रतिनिधिसभा, १३ दिन भित्र बैठक आह्वान

मंगलबार, ११ फागुन २०७७, १८ : २०
8 Shares

बुटवल । अदालतले संसद पुनःस्थापनाको फैसला गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

सर्वोच्चले उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा राखेको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना मल्ल प्रधान रहेका थिए । संसद विघटनविरुद्ध सर्वोच्चमा १३ वटा मुद्दा परेका थिए । यसैगरी १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्न आह्वान गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।