ताजा अपडेट »

वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलबाट कसजुको उमेद्वारी

मंगलबार, ११ फागुन २०७७, १७ : ४५
2 Shares

बुटवल । यस क्षेत्रकै पुरानो व्यवसायीक संस्था बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजूले दाबी गरेका छन् । संघको सोमबारदेखि जारी भएको २४ औं अधिवेशन तथा ६७ औं वार्षिक साधारण सभामा आगामी नेतृत्वमा पूर्व अध्यक्षहरुको साथ पाएपछि उनले अध्यक्ष दाबी गरेका हुन् ।

संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले पनि अध्यक्ष पदका लागि दाबी गरेपछि छिनोफानोका लागि निर्वाचन हुने पक्का भएको छ । संघलाइ टीमवर्कका साथ अघि बढाउने योजना अनुसार विगतका अभ्यासहरुलाई कायम राख्दै रोल क्रमानुसार आफूले अध्यक्ष पदका लागि उमेद्वारी दर्ता गराएको कसजुले बताए । मँगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा हुने करिब दर्जन योजनाहरु समेत सार्वजनिक गरेका थिए ।

यस अघि केही दिनअघि अध्यक्षका प्रत्यासी हरि अर्यालले पनि पत्रकार सम्मेलन गर्दै विभिन्न योजनाहरुसहित निर्वाचनमा आफूले जित्ने आधारहरु समेत प्रस्तुत गरेका थिए ।

https://www.globalaawaj.com/archives/83819
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।