ताजा अपडेट »

गीतमार्फत ट्राफिक चेतना जगाउँदै लुम्बिनी ट्राफिक प्रमुख विश्वकर्मा

मंगलबार, ११ फागुन २०७७, १६ : ४६
4 Shares

बुटवल । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिश्वकर्माको परिकल्पनामा ट्राफिक जनचेतनामूलक गीतको छायांकन काठमाडौँमा हुँदैछ । उक्त गीतको बुटवलको छायांकन सकेर बाँकी छायांकन काठमाडौ गर्न लागिएको हो ।

गीतमा दुर्घटना हुने विभिन्न कारणहरु र यसलाई न्यूनिकरण गर्न सकिने उपाय हरुलाई चेतनामूलक ढंगले यसलाई निर्माण गर्न लागिएको छ । डम्बरबहादुर बिश्वकर्माको परिकल्पना रहेको गीतमा सुरेश सेन्चुरी, जीवन परियार र अर्जुन कौशलको टिमले यसलाई निर्माण गर्दै छ भने बागेश्वरी संगीतालयसंग सम्झौता गरि कार्य सुरु गरिएको छ ।

गायनतर्फ रामकृष्ण ढकाल, अन्जु पंत, सुरेश सेन्चुरी, अर्जुन कौशल, बिबि अनुरागी, बिमा कुमारी दुरा, जीवन परियार, जलजला परियार संजय सुब्बा, सुस्मा बिक सुनितामि परियार र सरिता पंथीले आवाज दिने छन् । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल धिरेन शाक्य लगाएत नेपालका ख्याति प्राप्त कलाकारहरुले अभिनय गरेका छन् । यो गीत र भिडियोले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने विश्वास छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।