ताजा अपडेट »

पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

मंगलबार, ११ फागुन २०७७, १६ : ०२
6 Shares

इस्लामावाद। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेकन छन् ।दुई दिने औपचारिक भ्रमणका लागि उनि आज त्यस तर्फ प्रस्थान गरेका छन् ।पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री भएपछि उनले पहिलो पटक श्रीलङ्काको भ्रमण गरेको अधिकारीहरुले जनाएका छन् । उनि सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका हन् ।खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस