ताजा अपडेट »

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

मंगलबार, ११ फागुन २०७७, १५ : १७
24 Shares

फुङ्लिङ । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन। जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन। केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभराउ हुन्थे ।

विगतमा उनी नकै व्यस्त भएका चिराइतो सङ्कलन गर्न । तर आजभोलि उनी निकै फूसर्दिलो भएका छ। किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । उनले भने ,‘अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।’ विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेको शेर्पाले बताए ।

अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताए। मानवीर राईले विगतमा एक सय मन चिराइतो उत्पादन गर्थे । अहिले उनको घरमा औषधिको लागि ६र ७ केजी मात्र छ । उनले चिराइतोको बजार नभएपछि व्यवसाय परिवर्तन गरिसके । त्यस्तै फक्ताङलुङ गाउँपालिका– ६ का राजकुमार राई पनि चिराइतो खेती गर्न छोडेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताए। विगतमा चिराइतो खेती गर्ने अहिले प्राय: सबैले व्यवसाय परिवर्तन गरेका छन् ।

विगतमा एक मन चिराइतो रु दुई हजार ६००मा बिक्री हुन्थो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महत्वपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताए।

ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताए। ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा १४ हजार ४२० केजी तापलेजुङबाट निकासी भएको वन कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्षमा ११ हजार १०० केजी निकासी भएको जनाइएको छ ।

गत वर्ष इलाम, पाँचथर र सङ्खुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङगोला नाका हुँर्दै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताए। कोरोनाको कारणले ओलाङचुङगोला तर्फको टिपताला नाका ११ महिनादेखि बन्द भएको छ । नाका बन्द हुँदा चीनतिर चिराइतो जान नसकेर अहिले कारोवार नभएको र नाकासम्म पुर्याउँदा जहिले पनि १६ हजारसम्म बिक्री गर्न सकिने शेर्पाले बताए ।

रासस
लेखकको बारेमा
रासस