ताजा अपडेट »

‘आजाद’का स्मृतिमा बिरामीलाई फलफूल

मंगलबार, ११ फागुन २०७७, १३ : ५७
6 Shares

सिन्धुली। जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो ।

अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको सङ्गठनका प्रमुख महेन्द्रदेव श्रेष्ठले जानकारी दिए । उनले भने, “पार्टीका नेता, कार्यकर्ता शुभेच्छुक र शहीद आजादलाई नजीकबाट चिन्ने व्यक्तिहरुको उपस्थितिमा अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरेका छौँ ।”

‘आजाद’ को सम्झनामा नेकपाले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । नेकपाको पाँचौँ महाधिवेशनमा पोलिट ब्यूरो सदस्यमा समेत निर्वाचित भएका देवकोटालाई तत्कालीन पञ्चायतकालीन समयमा आन्दोनमा मध्यकमान्ड सम्हालेको समयमा २०३१ साल फागुन १२ गते उनको बीभत्स हत्या भएको थियो ।

रासस
लेखकको बारेमा
रासस