ताजा अपडेट »

रवि लामिछानेले खोले नयाँ टेलिभिजन

मंगलबार, ११ फागुन २०७७, १३ : २९
6 Shares

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने उनी हालै सो संस्थाबाट बाहिरिएका थिए । 

टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।