ताजा अपडेट »

हिमपातको सम्भावना

मंगलबार, ११ फागुन २०७७, १२ : १९
4 Shares

काठमाडौँ। पश्चिमी वायुको आंशिक प्रभावले देशको आधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

“उक्त प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने छ । तर ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन् ।” उनले भने । हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

रासस
लेखकको बारेमा
रासस