ताजा अपडेट »

बुहारीद्वारा ८७वर्षीय वृद्ध ससुराको हत्या

मंगलबार, ११ फागुन २०७७, ०९ : ५८
6 Shares

गुल्मी । गुल्मीमा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

हत्या आरोपमा पक्राउ परेकी मनकलालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए । घटना रहस्यमय देखिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।

राति करिब ९ :४५ बजेको समयमा हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । पक्राउ परेकी मनकलालाई सोमबर प्रहरीले सार्वजनिक गरेको हो । उनलाई अदालत बाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।