ताजा अपडेट »

आयोगले दलको आधिकारिता संकेत गरिसक्यो : परराष्ट्र मन्त्री ज्ञवाली

सोमबार, १० फागुन २०७७, १८ : ०५
2 Shares

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालील निर्वाचन आयोगले दलको आधिकारिता संकेत गरिसकेको बताए । नेकपा गुल्मीले जिल्ला सदरमुकाम तम्घासमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले निर्वाचन आयोगले दलको आधिकारिता बारे अब भनि रहन नपर्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने बताएका छन् । ६/६ महिनामा सरकार परिवर्तन गरेर स्थिर संसद्को काम नभएको उल्लेख गरे । उनले अझै पनि आफूहरुले एकताको ढोका खुल्ला गरिरहेको अवस्थामा प्रचण्ड-माधव समुहले प्रधानमन्त्रीलाई समेत पार्टीबाट कारबाही गर्यौ भन्दै हिडेको बताए । सत्ता मोहबाट जीवनमा कहिल्यै तृप्प नहुने आफ्नै नेताहरूले प्रतिपक्षीलेभन्दा सरकारको घेराबन्दी गरेको ज्ञवालीले आरोप लगाए ।

नेकपालाई अहिलेको अवस्थामा आउन नदिन आफूसहितका थुप्रै नेताले धेरै प्रयत्न असफल भएपछि प्रधानमन्त्रीले बिचौलियालाई देश भन्दा जनतालाई दिएको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले हिम्साभन्दा शान्ति र समृद्धि खोजेकाले बिप्लप समुहसंग बार्ता गर्न सकारात्मक भएको बताए । उनले धेरै समयसम्म विप्लप समुहसँग वार्ताको लागि कसरत गरेको सरकारले अहिले उ आफै वार्ता खोजेको बेला आफूहरुको कुनै सर्त नभएको स्पष्ट पारे । ज्ञवालीले मुलुक ताजा जनादेशको पक्षमा गएकाले अब फर्केर हेर्ने कुनै ठाउँ र अवस्था नरहेको बताए ।

अगुवा कार्यकर्तालाई प्रतिनिधि सभा विघटनको बाध्यता जनतामा बुझाउन, संगठन चुस्तदुरुस्त राख्न, तिनै सरकारले गरेका कामको प्रचार गर्न, निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।