ताजा अपडेट »

आर्थिक पत्रकारिता पुरस्कार-२०७७ ज्ञवालीलाई

सोमबार, १० फागुन २०७७, १७ : ५१
2 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट आर्थिक पत्रकारीता पुरस्कारबाट युवा पत्रकार कपिल ज्ञवाली पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा कलम चलाउँदै उद्योग वाणिज्य संघका क्रियाकलापहरुलाई प्राथमिकता दिएको भन्दै संघले आर्थिक पत्रकारिता पुरस्कार-२०७७ प्रदान गरेको हो ।

२५ हजार पुरस्कार राशीसहित सम्मानित भएका पत्रकार ज्ञवाली नागरिक अनलाईनका प्रकाशक तथा सम्पादक र बुद्ध सामुदायिक टेलिभजनका समाचार प्रमुख रहेका छन्। युवा तथा सक्रिय पत्रकारका रुपमा स्थापित ज्ञवाली डेड दशकदेखि पत्रकरितामा त्रियाशिल छन् ।

त्यसैगरी संस्थागततर्फ बुटवल टुडे राष्ट्रिय दैनिक सम्मानित भएको छ। संघले आफ्नो २४ औं अधिवेशन तथा ६७औं वार्षिक साधारण सभाको अवसरमा सोमबार उनीहरुलाई सम्मान गरेको हो ।

https://www.globalaawaj.com/archives/84124
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।